९ पुस, काठमाडौं । वागमती प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएका छन् । मन्त्री तथा राज्यमन्त्रीहरुको सपथ केहीबेरमा हुने भएको छ ।
यस्तै दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री नियुक्त भएका छन् । बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री भएका छन् । सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।