राजनीति

संशोधन विनै एमसीसी पास भए मुलुकमा समानान्तर सरकार बन्ने खतराः डा.रावल

भीम रावल

१० पुस, काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले संशोधनविनै एमसीसी पास भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित अमेरिकी लोकतन्त्रको यर्थाथ र एमसीसी विषयक अन्तरक्रिया कार्यक्रममा बेल्दै डा.रावलले संशोधन विनै एमसीसी पास भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको भन्दै यसलाई रोक्न सबैले आवाज उठाउनु पर्नेमा जोड दिएका छन् ।

यस्तै डा.रावलले सार्वभौमिकतामाथि आँच आउने कुनै सम्झौता नेपालका लागि स्वीकार्य नभएको समेत बताएका छन् । डा.रावलले संशोधन गरिए एमसीसी अघि बढाउन आफुपनि सहमत रहेको भन्दै संशोधन विना कुनैपनि हालतमा एमसीसी पास गर्न नहुने भन्दै एमसीसीको बिरोधमा शसक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् ।

उनले नेपालका कतिपए नेताहरु एमसीसी संशोधन विना नै पनि पास गर्नुपर्छ भन्नेमा रहेको भन्दै आफुलाई आश्चर्य लागेको बताएका छन् ।