बाबुराम आचार्य /नेपाली काँग्रेसले आफ्नो १४ औं महाधिवेशन सम्पन्न गरेको छ । पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा पुनः नेपाली काँग्रेसको सभापतिमा निर्बाचित भएका छन् । प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले २७ सय २९ मत ल्याएर सभापतिमा बिजय हुन सफल भए । शेरबहादुर देउवासँग डा शेखर कोईराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कल्याण गुरुङ पार्टी सभापतिका उम्मेद्वार भएपछि पहिलो चरणको सभापति निर्बाचनमा ५० प्रतिशत नघाउन देउवाले नसकेपछि पुनः दोस्रो चरणको निर्बाचन हुन पुगेको थियो । दोस्रो चरणको सभापति निर्बाचनमा देउवाले २७ सय २९ मत ल्याएर सभापतिमा बिजय भए भने शेखर कोईरालाले १८ सय ५५ मतसहित दोस्रो हुन पुगे ।
“अब काँग्रेसका आम कार्यकर्ताहरुका लागि धनराज, गगन र बिश्व प्रकाश शर्मा राजनीतिक दाई हुन् । शेरबहादुर देउवा त उमेरमात्र नभएर राजनीतिक रुपमा मात्र नभएर देशकै दाई हुन् भन्ने उमेरमा पाका, सभापतिमा अत्याधिक मतका साथ बिजय हुन सफल र देशको बागडोर सम्हाल्न सफल भएका कारण देखिएकै छ ।”
यस पटकको काँग्रेस महाधिवेशनअघि महाधिवेशन हुनुपर्छ भन्ने मागमा होस् या अन्य कुनैपनि मागमा पार्टीभित्रको प्रतिपक्षको रुपमा सभापति शेरबहादुर देउवाको कार्यशैलीको सबैभन्दा धेरै बिरोध गर्ने बरिष्ठ रामचन्द्र पौडेल, डा शसाँक कोईराला, प्रकाशमान सिंह, डा शेखर कोईरालाहरुमध्ये रामचन्द्र पौडेल सभापतिका सबैभन्दा बरिष्ठ प्रत्यासी भएपनि आफू उम्मेद्वार हुननसकेपछि अधिवेशनमा सभापतिको प्रत्यासीबाट बाहिर नै बसे, बरिष्ठ नेता पौडेल बाहिरमात्र बसेनन्, उनले कतै उम्मेद्वारी त दिएनन् उनी सभापति, पदाधिकारी वा कसैलाई पनि मत हाल्न महाधिवेशनस्थल पनि गएनन् ।
पौडेल पक्षका नेताहरु भनेर चिनिने कोईरालाद्वय र सिंहले १४ औं महाधिवेशनको उम्मेद्वार मनोनयनको अन्तिम दिनसम्म आफ्नो समूहको सभापति देउवासंग प्रतिस्पर्धा गर्नसक्ने खाल्को सर्बसम्मत उम्मेद्वार दिन सकेनन् । पौडेल पक्षका भनेर चिनिने डा शेखर कोईराला र प्रकाशमान सिंह दुईजना आफैं सभापतिका उम्मेद्वार बन्न पुगे । सभापति शेरबहादुर देउवा शक्तीसाली भएकाले उनको समूहको प्रतिपक्षको रुपमा बिमलेन्द्र निधि सभापतिका उम्मेद्वार बने । सभापतिका उम्मेद्वार बिमलेन्द्र निधिले २५१ म्तसहित चौथो स्थान हाँशिल गर्न पुगे ।
“सिनियर र जुनियरको कुरा गर्ने प्रकाशमान सिंह वा अन्य नेताहरुले डा शेखर कोईरालालाई जुनियर देख्ने हो भने अब काँग्रेसमा कार्यकर्ताले बिश्वास गरेर उपसभापति बनाएका धनराज गुरुङ, महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्मालाई मान्छन् कि मान्दैनन् ? यसबाट राजनीतिमा सिनियर वा जुनियर वा सक्षम वा असक्षम भनेको काम वा परिणामले पुष्टी गर्छ।”
पहिलोपटक देउवालाई ५० प्रतिशत मत नपुगेपछि दोस्रो पटक अधिवेशनअघिसम्म देउवाको सबैभन्दा बढी बिरोध गर्ने ३७१ मतसहित सभापतिमा तेस्रो प्रत्यासी सिंहले देउवालाई ने समर्थन गरे । २२ सयभन्दा बढी मत ल्याएर सभापति देउवालाई प्रकाशमान सिंहले सघाएपछि २३ सय ४० मत नाघ्ने र सभापतिमा बिजय निश्चित हुने भएपछि प्रकाशमानलाई फकाउन देउवाका बिश्वासपात्र एबम् गृहमन्त्री बालकृष्ण खाँणलाई चाक्सीबारीस्थीत सिँह निवास पठाए र प्रकाशमानसंग भएको गोप्य सहमतीमा प्रकाशमानले देउवालाई मतदान गर्न सार्बजनिक आह्वानसमेत गरे । भोलीपल्टै भएको मतदान र सोहीदिन भएको मतगणनाको परिणाममा सभापति शेरबहादुर देउवाले २७ सय २९ मतसहित बिजय हाँसिल गरे ।
सोही क्रममा सभापतिका आकाँक्षीसमेत रहेका डा शसाँक कोईराला आफ्नो पक्षमा माहौल नबनेपछि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन पुगे । दोस्रो सबैभन्दा बढी मत ल्याएर बिजयी भएका डा शसाँक कोईराला तिन महत्वपूर्ण समूहमा परेका थिए । बरिष्ठ नेता रामचन्द्र पौडेलले पहिले कुनैपनि पदमा उम्मेद्वारी नदिएपनि आफूले राजीतिबाट बिश्राम नलिने बताएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सबैभन्दा बढी माग गर्ने रामचन्द्र पौडेलले आफैंले सभापति त के महाधिवेशनको प्रतिस्पर्धाबाटै बाहिर बस्नुपर्ने अवस्था आयो भने काठमाडौं बाहिर कसैले नचिन्ने भनेर डा शसाँक कोईरालाको आरोप खेपेका गणेशमान सिंह पुत्र प्रकाशमान सिंहको आरोप महाधिवेशन प्रतिनिधिको मत हेर्दा पुष्टी भएको प्रकाशमान सिंहको क्षेत्र काठमाडौं क्षेत्र नम्बर १० का काँग्रेस कार्यकर्ताहरु नै बताउन थालेका छन्।
बरिष्ठ नेता रामचन्द्र पौडेल र डा शसाँक कोईरालाले १४ औं महाधिवेशनमा कुनैपनि समूहलाई खुलेर सघाएनन् । महाधिवेशनमा आफू बिजय हुने बताउँदै आएका काँग्रेस नेताहरुले आफ्नो हैशियत कार्यकर्ताको नजरमा कति रहेको भन्ने १४ औं महाधिवेशनले देखाएको राजनीतिक बिश्लेशकहरुले बताएका छन् । नेपाली काँग्रेसको संसोधित बिधानअनुसार झण्डै १६७ मध्ये १३४ जना सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरु निर्बाचित भएर आज नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र लिन आउँदा सभापति देउवादेखी सबैकोबीचमा बरिष्ठ नेता रामचन्द्र पौडेल देखिएनन् ।
“नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सबैभन्दा बढी माग गर्ने रामचन्द्र पौडेलले आफैंले सभापति त के महाधिवेशनको प्रतिष्पर्धाबाटै बाहिर बस्नुपर्ने अवस्था आयो भने काठमाडौं बाहिर कसैले नचिन्ने भनेर डा शसाँक कोईरालाको आरोप खेपेका गणेशमान सिंह पुत्र प्रकाशमान सिंहको आरोप महाधिवेशन प्रतिनिधिको मत हेर्दा पुष्टी भएको प्रकाशमान सिंहको क्षेत्र काठमाडौं क्षेत्र नम्बर १० का काँग्रेस कार्यकर्ताहरु नै बताउन थालेका छन्।”
बरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू सिनियर भएको बताउँदै आएका प्रकाशमान सिंहले डा शेखर कोईरालालाई जुनियर भएका कारण सभापतिमा समर्थन गर्न नसकिने बताएपनि सबैभन्दा बरिष्ठ रामचन्द्र पौडेल वा काँग्रेसभित्र सबैभन्दा लोकप्रीय छबि बनाएका बिपी कोईराला पुत्र शसाँक कोईराला वा कसैलाई पनि आफूबाहेक मानेको देखिएन । सिनियर र जुनियरको कुरा गर्ने प्रकाशमान सिंह वा अन्य नेताहरुले डा शेखर कोईरालालाई जुनियर देख्ने हो भने अब काँग्रेसमा कार्यकर्ताले बिश्वास गरेर उपसभापति बनाएका धनराज गुरुङ, महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्मालाई मान्छन् कि मान्दैनन् ? यसबाट राजनीतिमा सिनियर वा जुनयर वा सक्षम वा असक्षम भनेको काम वा परिणामले पुष्टी गर्छ भन्ने प्रमाणित भएको छ । अब काँग्रेसका आम कार्यकर्ताहरुका लागि धनराज, गगन र बिश्व प्रकाश शर्मा राजनीतिक दाई हुन् । शेरबहादुर देउवा त उमेरमात्र नभएर राजनीतिक रुपमा मात्र नभएर देशकै दाई हुन् भन्ने उमेरमा पाका, सभापतिमा अत्याधिक मतका साथ बिजय हुन सफल र देशको बागडोर सम्हाल्न सफल भएका कारण देखिएकै छ ।
उमेरमा एक दुई बर्ष जेठो हुनेबित्तिकै दाई वा सिनियर, जुनियर भन्ने चलनको अन्त्य पनि काँग्रेसमा हुनुपर्ने माग राजनीतिक नेता कार्यकर्ताहरुले बेला बेला बताउँदै आएका छन् । उमेरको क्षमता र कार्यगत क्षमताको बिषयमा यस महाधिवेशनले राजनीतिक दाईको रुपमा गगन र बिश्वप्रकाशको बिजय पुष्टी भएको छ ।
धनराज, बिश्वप्रकाश र गगनलाई आम बिश्वभरका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको बिश्वासले नेतृत्वमा स्थापीत गरेका छन् त्यही अनुसार आम कार्यकर्ता, देश र जनताको इच्छाअनुसार अगाडी बढ्न नसकेमा उनीहरुपनि आम नेता कार्यकर्ताको भाई हुनुपर्ने दिन १५ औं अधिवेशन मै आउनेछ । उनीहरुले मतबाट पद पाएपछि दाईको पद पाएपनि काम पनि दाईको जस्तो हुनुपर्ने आम समाजको भनाई छ ।