राजनीति

वैद्यको कटाक्षः ओली र दाहाल प्रतिक्रियावादका दलाल हुन्

११ पुस, काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपीशर्मा ओलीको चर्काे आलोचना गरेका छन् । माओ दिवसको अवसरमा महासचिव वैद्येले ओली र दाहाल प्रतिक्रियावादीहरुको दलाल भएको टिप्पणी गरेका छन् ।

उनले कम्युनिष्ट पार्टीको स्थापना भएयता थुप्रै संघर्षहरु भए पनि सुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको भन्दै ओली र दाहालललाई प्रतिक्रियावादीहरुको संज्ञा दिएका उनले यस्ता घटनाहरुको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको समेत बताएका छन् ।

महासचिव वैद्येले माओवादी अध्यक्ष दाहालले आफुलाई क्रान्तिकारी भनिरहेको भन्दै दाहालले पहिले नै माओवाद छोडिसकेको दाबी गरेका छन् । महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरुले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको बताएका छन् ।