११ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसंग पार्टी एकता गरेर गल्ती नगरेको ताएका छन् । पार्टीको आठौं महाधिवेशनलाई आज काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा उद्घाटन सत्रको समापन समारोहलाई सम्बोधन गर्दै उनले विगतको गल्तीलाई समीक्षा गर्न प्रस्ताव राखेका छन् ।
यसअघि एमालेका महासचिव शंखर पोखरेलले अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर जनताको विश्वास जिते पनि एकता जोगाउन नसकिएकोमा पछुतो लागेको बताएका थिए । अध्यक्ष दाहालले यसैको जवाफ दिँदै एमालेभित्र पनि यसको समीक्षा हुने विश्वास व्यक्त गरेका छन् । दाहालले महाधिवेशनमा ओली आफू उपस्थित नभए पनि प्रतिनिधि पठाएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू सकेसम्म उद्घाटन सत्रमा सहभागी हुने नसके महासचिव पोखरेलले सहभागिता जनाउने जानकारी दिएको उनले बताएका छन् । राष्ट्रिय सम्मेलनबाट महाधिवशनमा परिणत हुनेक्रममा तत्काल ओली उपस्थित हुन नसकेको उनको भनाइ थियो ।
महाधिवेशन गर्ने निर्णय भएपछि आजै मात्र माओवादी प्रचण्डले सहभागी हुन आग्रह गर्दै ओलीलाई टेलिफोन गरेर आग्रह गरेका थिए । जवाफमा ओलीले पूर्वनिर्धारिक कार्यक्रम भएकाले आफू आउन नसकेको बताएको बताएको प्रचण्डले उल्लेख गरेका थिए ।





