१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संशोधन बिना एमसीसी पारित गर्न नहुने दोहर्याएका छन् ।
आज पार्टीको ८ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले विना संशोधन यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने बताएका हुन् ।
राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ’एमसीसी परियोजना परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ। यथ स्थितिमा कुनै हालतमा पारित गरिने छैन ।
त्यस्तै दाहालले प्रतिवेदनमा नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुने बताएका छन् ।
त्यस्तै दाहालले पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद नै रहने उल्लेख गरेका छन् । पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादमा जाने भएको पनि दाहालले बताएका छन् ।





