१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेस गरिने भएको छ । आइतबारबाट जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहालले वैचारिक तथा राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।
अध्यक्ष दाहालकोे राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार प्रदेशगतसहित २५ समूहमा छलफल हुने महाधिवेशन अध्यक्ष मण्डलका नेता कृष्णबहादुर महराले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार छलफल सकिने र छलफलको निष्कर्ष भने बुधबार पेस गरिनेछ ।
प्रतिवेदनमाथि छलफलका लागि अध्यक्ष मण्डलले तयार पारेका समूह यस्ता छन्
समूह १– ज्येष्ठ कम्युनिष्ट मञ्चः एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि।
समूह २, ३– सल्लाहकार कमिटीः संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुईटा।
समूह ४, ५– प्रदेश १ः दुई भागमा बाँडेर। हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल।
समूह ६, ७– प्रदेश २ः पारिजात हल, गणेश साह, दुई भागमा
समूह ८, ९– लुम्बिनी प्रदेशः चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयनेर
समूह १०, ११– गण्डकी प्रदेशः गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल
समूह १२– प्रवास समितिः लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल
समूह १३, १४– कर्णाली प्रदेशः विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुईटा हल।
अर्को हलमा, समूह १५, १६– सुदूरपश्चिमः खगराज भट्ट
समूह १७, १८– केन्द्रीय विभागहरूः मायाप्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्ध नगर, दुईवटा समूह बनाएर।
समूह १९– विशेष प्रदेशः जगत सिंखडा, क्वालिटीमै।
समूह २०, २१– सम्पर्क समन्वय प्रदेशः श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुईटा समूह
समूह २२, २३– बागमती प्रदेशः काठमाडौं ब्याकेट, सरल सहयात्री
समूह २४– सम्पूर्ण आयोगहरूः काठमाडौँ व्यांकेटमै, संयोजक विष्णुविकास श्रेष्ठ
समूह २५– जबस, मोर्चाका इन्चार्जहरूः केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने। यो पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयोजन।





