राजनीति

राप्रपा अध्यक्ष लिङदेनको आरोपः तीन ठुला दलले मुलुकमा भ्रष्टाचार मात्रै बढाए

१२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राजाको बिरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट देशलाई जोगाउनु पर्ने बताएका छन् ।

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा सोमबार आयोजित आम सभामा बोल्दै उनले राप्रपाका पुर्व अध्यक्ष कमल थापातिर संकेत गर्दै यस्तो बताएका हुन् ।

साथै उनले तिन ठुला ठद नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एमालेप्रति खरो टिप्पणी गरेका छन् । उनले यी तिन ठुला दलले मुलुकमा भ्रष्टाचार र विसंगति बढाउने बाहेक जनताको हितमा एउटापनि काम गर्न नसकेकाले उनिहरुबाट देश जोगाउने राजनीतिक एजेण्डा राप्रपाको भएको बताएका छन् ।

अध्यक्ष लिङदेनले नेपालका ठूला तीन दल पूर्व राजा ज्ञानेन्द्रको विरोध गरेर आ-आफनो संगठन विस्तारमा लागेको समेत आरोप लगाएका छन् ।