१३ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका नेता डा चन्द्र भण्डारीले सधैं गाइजात्रा किन ?? भनेर प्रश्न गरेका छन् । डा भण्डारीले सामाजिक सञ्जालमा भनेका छन्, ‘ सिंहदरवारको अधिकार प्रदेश हुदै गाँउमा पुर्याउने ब्यबस्था राजनीति गर्नेहरुलाई रोजगारी दिन होइन । तर अहिले प्रदेश सरकारहरुले मन्त्रालय फुटाएर तहसनहस बनाएका छन् ।’
उनले भनेका छन्, ‘ जनतालाई रोगमा औंषधी र शिक्षामा अझै पहुँच पुगेको छैन, किसानले मल पाउँदैनन्, उखु किसान उखुको मुल्य पाउन आन्दोलन गर्न बाध्य छन्। युवायुवती विदेशमा श्रम बेच्न बाध्य छन् । देशको सिमानामा सुरक्षा छैन । शुरु गरिएका योजना रकमको अभावमा अधुरै छन्, जनताले कुखुरा र बाख्राबाट पनि ट्याक्स तिरेका छन्, त्यो ट्याक्स उठाएर मन्त्रालय बढाउन किमार्थ पाइँदैन, यो जनउत्तरदायी काम होइन। देश बनाउनी कि ब्यक्ति बनाउने भन्ने लक्ष्य निधारण गर्न नसकेको मेरो देश !!’
१४ औं महाधिवेशनमा डा शेखर कोईराला समूहबाहबाट उपसभापतिका उम्मेद्वार रहेका डा भण्डारीले आक्रोशित हुँदै लेखेका छन्, ‘यस्तै प्रवृति अगाडी बढाउने हो भने संधियताको भारी बोक्न राष्टलाई मुस्किल हुन्छ । कामकाजी संस्थाहरु बनाउदै जाने कि देशका लागि बोझ थप्दै जाने ? मेरै देशमा सधैँभरि यस्तो गाइजात्रा किन ???’