राजनीति

महाशक्ति राष्ट्रहरुको चलखेललाई निस्तेज पार्दै सार्वभौमसत्ता जोगाउन चुनौतीः बरिष्ठ नेता डा कोईराला

१६ मंसिर, पौष । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले मेलमिलापको सान्दर्भिकता आज पनि कैयन गुणा बढेको, महाशक्ति राष्ट्रहरुको चलखेललाई निस्तेज पार्दै नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने चुनौती पछिल्लो नेपाली राजनीतिमा भएको बताएका छन् ।
डा कोईरालाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘जननायक बिपी कोइरालाद्धारा प्रतिपादित राष्ट्रिय मेलमिलाप ४६ बर्षमा प्रवेश गरेको छ। आजको यस ऐतिहासिक अवसरमा कुनै पनि वाद र विवाद भन्दा माथि मेलमिलाप वादको खाँचो राष्ट्र निर्माणको लागि छ।’
उनले थपेका छन्, ‘अन्तमा, बिपीको मेलमिलाप वादी मार्गमा निष्ठा र इमान्दारीतापूर्वक लाग्न हामी सबैलाई बिपीबाट प्रेरणा मिलोस्।’
भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनले डा शेखर कोईरालालाई १८५५ मत दिएर देशभरका काँग्रेस कार्यकर्ताहरुले शेरबहादुर देउवापछि दोस्रे बरियतामा राखेकाले बरिष्ठ नेता भनिएको हो । प्रभावशाली नेता कोईराला आफ्नै समूहको असहयोगका कारण सभापतिमा पराजीति हुनुपरेको थियो ।
डा कोईरालाको ट्वीटः जननायक बिपी कोइरालाद्धारा प्रतिपादित राष्ट्रिय मेलमिलाप ४६ बर्षमा प्रवेश गरेको छ। आजको यस ऐतिहासिक अवसरमा कुनै पनि वाद र विवाद भन्दा माथि मेलमिलाप वादको खाँचो राष्ट्र निर्माणको लागि छ। मेलमिलापको सान्दर्भिकता आज पनि कैयन गुणा बढेको छ। महाशक्ति राष्ट्रहरुको चलखेललाई निस्तेज पार्दै नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने चुनौती हाम्र‍ो सामु छ।
अन्तमा, बिपीको मेलमिलाप वादी मार्गमा निष्ठा र इमान्दारीतापूर्वक लाग्न हामी सबैलाई बिपीबाट प्रेरणा मिलोस्।
जय नेपाल।