२० पौष, काठमाडौं । राप्रपवाका अध्यक्ष राजेन्द्र लिंदेनले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने घोषणा गर्न नेपाल सरकारलाई हार्दिक आग्रह गरेका छन् ।
उनले ट्वीट गर्दै नेपाली नाम र पहिचान दिने राष्ट्र निर्मातालाई सम्झन र सम्मान गर्न सरकारलाई व्यापक जनदवावको सिर्जना गरौं भनेर सर्बसाधारणमाझ आह्वानसमेत गरेका छन् । अध्यक्ष लिंदेनले गरेकाको सम्मान गरेपो गर्नेले सम्मान पाउँछ भनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई अध्यक्ष लिंदेृनको बिशेष अनुरोध छ ।
अध्यक्ष लिंदेनले यसअघि पृथ्वी जयन्तीमा पौष २७ गते राष्ट्रिय बिदा घोषणा गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाईसकेका छन् ।
अध्यक्ष लिंदेनको ट्वीटः
पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने घोषणा गर्न नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछु।
@PM_Nepal @deubasherbdr नेपाली नाम र पहिचान दिने राष्ट्र निर्मातालाई सम्झन र सम्मान गर्न सरकारलाई व्यापक जनदवावको सिर्जना गरौं ! गरेकाको सम्मान गरेपो गर्नेले सम्मान पाउँछ ।