२२ पौष, काठमाडौं । राप्रपाका बरिष्ठ नेता कमल थापाले जनाधार भएका नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिएको भन्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनप्रति आक्रोश पोखेका छन् ।
थापाले ट्वीट गर्दै भनेका छन्, ‘राप्रपा केन्द्रीयसमितिमा एकपक्षीय र पुर्वाग्रहीरुपमा गरिएको मनोनयनको भत्सर्ना गर्दछु। ३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन भएको छ।’
पुर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता थापाले भनेका छन्, ‘मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको छ ।’
कमल थापाको ट्वीटः राप्रपा केन्द्रीयसमितिमा एकपक्षीय र पुर्वाग्रहीरुपमा गरिएको मनोनयनको भत्सर्ना गर्दछु। ३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन भएको छ। मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको छ। जनाधार भएका नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिएको छ ।