खेलकुद

ए डिभिजन लिग फुटबल : घरेलु मैदानमा मनाङको फराकिलो जित

२४ पौष, काठमाडौं । घरेलु मैदानमा मनाङ मस्र्याङदी क्लबले ‘कतार एअरवेज’ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लबमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल मैदानमा सम्पन्न खेलमा मनाङले ओलावाले ओलाडिपे अफिजको ह्याट्रिक मद्दतमा लिगमा ‘रेलिगेसन जोन’मा रहेको च्यासलमाथि प्रभावशाली जित दर्ता गरेको हो । मनाङले पहिलो हाफमा दुई गोल गरेकामा दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । दोस्रो हाफको इन्जुरी समयमा मात्रै मनाङले दुई गोल गरेको थियो ।

खेलको तेस्रो मिनेटमा नै मनाङका विदेशी खेलाडी सोमिडेले गोल गर्दै टोलीलाई अग्रता बनाएकामा ओलावालेले ४३ औँ मिनेटमा अग्रता दोब्बर बनाए । मनाङका डिफेण्डर दिनेश राजवंशीले खेलको ८६औँ मिनेटमा गोल गर्दै अन्तर फराकिलो बनाए । ओलावालेले छ मिनेटको इन्जुरी समयको तेस्रो र चौथो मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरे ।

खेलमा च्यासलले पनि गोल गर्ने केही मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा बलमा पकड बनाउँदै च्यासलले मनाङमाथि दबाब बढाए पनि गोल गर्न भने असफल रह्यो । खेलको ६५औँ मिनेटमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखल रातो कार्ड खाँदै टचलाइनबाट बाहिरिएका थिए । रेफ्रीको निर्णयमा असहमति जनाएपछि पहिलोपटक पहेँलो कार्ड बेर्होरेका प्रशिक्षक साहुखलले दोस्रोपटक रातो कार्ड बेर्होरे ।

च्यासलसँगको खेलमा जित हासिल गरेसँगै मनाङले घरेलु मैदानमा खेलेका तीनै खलमा शतप्रतिशत नतिजा निकालेको छ । गत पुस ३ गते नेपाल पुलिस क्लबमाथि ३–१ को जित दर्ता गरेको मनाङले पुस १७ गते ब्रिगेड ब्वाइज क्लबमाथि १–० अन्तरको जित हासिल गरेको थियो । मनाङले पोखरा रङ्गशालालाई घरेलु मैदान बनाएपछि पहिलोपटक सहिद स्मारक ए डिभिजन लिगका तीन खेल पोखरामा खेलाइएको हो ।

खेलपछिको पत्रकार सम्मेलनमा मनाङ मस्र्याङदीका विदेशी प्रशिक्षक फुजा टोपेले राम्रो खेलेर जित हासिल गरेको बताउँदै लिगको उपाधिको दावेदारी थप बलियो भएको बताए । आगामी दिनको खेलमा अङ्क नगुमाउने र उपाधि जित्ने योजना उनले सुनाए । च्यासलका सहायक प्रशिक्षक थमन भुसालले आफ्नो टोलीको खेल राम्रो भए पनि रेफ्रीको कमजोर निर्णयका कारणले फराकिलो अन्तरको हार बेर्होनुपरेको आरोप लगाए । जारी लिगमा ‘रेलिगेसन जोन’बाट माथि उक्लिन थप मेहेनतको खाँचो रहेको उनले बताए ।

प्रदेशस्तरीय आर्चरीको उपाधि म्याग्दीका सुजनलाई

गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल भएका छन् । कास्की जिल्ला आर्चरी सङ्घले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी पुस २३ देखि पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा आयोजना गरेको प्रतियोगिताको आज सम्पन्न फाइनलमा म्याग्दीकै उमेश तिलिजालाई फाइनल ‘सेट प्वाइन्ट’मा ६–२ अङ्कले पराजित गर्दै उनी च्याम्पियन बने ।

उपाधिसँगै पुनले नगद रु २५ हजार प्राप्त गरे भने उपविजेता तिलिजाले रु २० हजार प्राप्त गरे । उपाधि विजेता पुनले पहिलो दिनको ‘¥याङकिङ राउण्ड’मा २७७ अङ्क हान्दै नकाउट चरण प्रवेश गरेका थिए । नकाउट चरणमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको प्रतियोगिताका संयोजक एवं सङ्घका उपाध्यक्ष बसन्त गौचन (साकुरा)ले जानकारी दिए ।

यसैगरी प्रतियोगिताको तृतीय स्थानमा म्याग्दीका राजु खोर्जा पुनले कास्कीका पूर्ण गौचनलाई ७–१ अङ्कको सेट प्वाइन्टले पराजित गर्दै नगद रु १५ हजार प्राप्त गरे । गौचन प्रतियोगितामा चौथो स्थानमा रहँदै नगद रु १० हजार पुरस्कार पाए । यसैगरी ६० वर्षमाथिको भेट्रान्सतर्फको प्रतिस्पर्धामा मार्फा थकाली समाजका हिरामान लालचनले २३३ अङ्क जोड्दै प्रथम स्थान हासिल गरे ।

तीन गाउँले थकाली समाजका बुद्धि थकाली २२५ अङ्कसहित द्वितीय र मनाङ समाजका छोर्तेन गुरुङ २२३ अङ्कसहित तृतीय हुन सफल भए । भेट्रान्सतर्फको प्रतिस्पर्धामा सात खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा चार सेमिफाइनलिष्टसँगै अन्य १२ गरी १६ जना खेलाडीलाई राष्ट्रिय खेलकुदका लागि बन्द प्रशिक्षणमा राखिने कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगन्द्र शेरचनले बताए ।

प्रतियोगिताका संयोजक गौचनका अनुसार श्याम गुरुङ, प्रदीप पुर्जा, सुविन्द्र गौचन, चोचाङ फगामी, रविन थापा, निशान तुलाचन, प्रकाश घर्ती, उदयकुमार बुढाथोकी, महेश पुर्जा, अम्रिस पुन, भुपेन्द्र घर्ती र दुर्गा घर्तीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रारम्भिक टोलीमा छनोट गरिएको छ । छनोट भएकामध्येबाट स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा चार खेलाडी राष्ट्रिय खेलकुदमा छनोट गरिने बनाइन्छ ।

प्रतियोगितामा कास्की, बाग्लुङ, पर्वत,म्याग्दी, मुस्ताङ र मनाङका गरी ६९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, नेपाल आर्चरी सङ्घका केन्द्रीय उपाध्यक्ष बसन्त थकालीलगायतले पुरस्कार वितरण गरे ।