राजनीति

डा भण्डारीको अपीलः सबैले प्रतिवद्धता व्यक्त गरौं “देश र जनता धनी भए सबै धनी हुन्छौं’’

२४ पुस, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा चन्द्र भण्डारीले सबैले प्रतिवद्धता व्यक्त गरौं “देश र जनता धनी भए हामी सबै धनी हुन्छौं’’ जनतासँग जोडिएको सम्पन्न्ता दिगो र टिकाउ हुन्छ भनेका छन् ।
उनले फेसबुकमा स्टाटस् ‘ नेपालमा त्रासको बिउँ झागीदै छः कुन ब्यक्ति कति बेला कहाँ केमा फस्दछ ! कतिबेला कस्को नाम कोसँग जोडिने हो !! त्यो सबै पद र सम्पतीको लोभका कारणले हो ।’लेख्दै उक्त भावुक कुरा बताएका हुन् ।
काँग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिमा शानदार मत ल्याएपनि पराजीत भएका डा भण्डारीले भनेका छन्, ‘यही सोंचको विकास गरौं । यो सोंच र व्यवहारमा कहिले कसैसँग डराउनु पर्दैन, सामाजिक सम्मान सधै रहिरहन्छ, रहन्छ, अवस्य रहन्छ ।’
डा भण्डारीको स्टाटस्ः नेपालमा त्रासको बिउँ झागीदै छः कुन ब्यक्ति कति बेला कहाँ केमा फस्दछ ! कतिबेला कस्को नाम कोसँग जोडिने हो !! त्यो सबै पद र सम्पतीको लोभका कारणले हो । सबैले प्रतिवद्धता व्यक्त गरौं “देश र जनता धनी भए हामी सबै धनी हुन्छौं“ जनतासँग जोडिएको सम्पन्न्ता दिगो र टिकाउ हुन्छ। यही सोंचको विकास गरौं । यो सोंच र व्यवहारमा कहिले कसैसँग डराउनु पर्दैन, सामाजिक सम्मान सधै रहिरहन्छ, रहन्छ, अवस्य रहन्छ ।