मनोरञ्जन

सुबिन सेञ्चुरीको ‘अमिला कथा’ सार्वजनिक

२७ पुस, काठमाडौं । ओ टु स्टुडियो एण्ड प्रोडक्शन हाउसको नयाँ प्रस्तुती ‘अमिला कथा’ नामक गीत बजारमा आएको छ । मिलन खड्काको निर्देशनमा बनेको यो गीत ओ टु स्टुडियोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वर एवमं संयोजन रहेको यो गीतमा उनै सेञ्चुरी र प्रतिक्षा खतिवडाको मार्मिक तथा यथार्थपरक अभिनय देख्न सकिन्छ ।

यस भिडियोको डिजाइनिङ र सम्पादन हिम सागर बमले गरेका छन् । यस भिडियोको छायाङ्कन विकास मगर र सुमन मगरले गरेका छन् ।

यस गीतमा पीडाले कुनै पनि व्यक्तिलाई कहाँदेखि कहाँसम्म पुर्याउँछ भन्ने कुरा देखाउन खोजिएको छ । यो भिडियोमा पीडाले मानिसलाई कसरी परिवर्तन गर्छ भन्ने कुरा देख्न सकिन्छ । आफ्नो प्रेमिकाको मृत्युपछि प्रेमीको रोधन र वेदनालाई समेटिएको यो भिडियोमा कतिपय कुराहरू भने सस्पेन्स राखिएको छ ।