२९ पुस, इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा गर्ने भनिएको नेपाली काँग्रेसको माघ १५ गतेको बनभोज तथा भेटघाट कार्यक्रम स्थगीत गरिएको छ । बनभोज कार्यक्रम आयोजक समितिका संयोजक जमिल अख्तरका अनुसार कोरोना संक्रमण र पछिल्लो समयमा सरकारले कोरोना नियन्त्रणका लागि गरेको २५ जना भन्दा बढी भेटघाटमा लगाएको प्रतिबन्धलाई मध्यनजर गर्दै स्थगीत गरिएको हो ।
सरकारले माघ १५ गतेसम्म शैक्षिक संस्थाहरु बन्द गर्न आदेश जारी गरेको छ भने २५ जना भन्दा बढी भेला हुन नपाउनेसहित अन्य १८ भन्दा बढी आदेश जारी गरेको अवस्था छ । डा शेखर कोईरालाको प्रमुख अतिथ्यतामा सम्पन्न हुन गईरहेको भनिएको बनभोज तथा भेटघाटको संयोजनकारी भूमिकामा पुर्व महाधिवेशन प्रतिनिधि डिल्ली कार्की रहेका थिए ।
रामधुनी मा गर्ने भनिएको बनभोज कार्यक्रम पुनः कोरोना संक्रमण सामान्य भएपछि माघ १५ गते बस्ने उक्त क्षेत्रका काँग्रेसका गन्ने मान्ने ब्यक्तीहरुको छलफलपछि गर्ने जमिल अख्तरले जनाएका छन् ।