समाचार

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

३० पुस, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

परीक्षण गराउँदा उनमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।