राजनीति

संबैधानिक ब्यवस्थाअनुसार स्थानीय तहको निर्बाचन तोकिएको मितिमा गर्नैपर्छः महामन्त्री थापा

६ माघ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन भन्ने दाबी गरेका छन् । महामन्त्री थापाले ट्वीटमार्फत निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ भन्ने दाबी गर्दै स्थानीय तहको निर्बाचन तोकिएकै मितिमा हुनुपर्ने बिचार ब्यक्र गरेका छन् ।


उनले कांग्रेस प्रष्ट छः असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ भन्ने नेता थापाको दृष्टीकोण छ । स्थानीयष् तहको निर्बाचनको मिति कात्तिकमा सार्नुपर्ने गठबन्धन दलमा छलफल भईरहेका बेला महामन्त्री थापाले स्थान्ीय तहको निर्बाचनको बिषयमा संबैधानिक ब्यवस्था र उनको धारण ट्वीटमार्फत राखेका हुन् ।

महामन्त्री थापाको ट्वीटः हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन। अतः निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ। कांग्रेस प्रष्ट छः असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ