७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
पछिल्ला राजनीतिक घटनालाई लिएर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । असार २९ गते प्रधानमन्त्री बनेका देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने बताईएको छ । सम्बोधनमा सरकारका अहिलेसम्मका उपलब्धीका बिषयमा पनि बताउँने छन् ।