प्रदेश 1

काकरभिट्टा नाकाबाट स्पेयर पार्टसको अवैध आयात ह्वात्तै बढयौ, ग्राहक ठगीए

१० माघ, काठमाडौं । नेपाल–भारतको खुल्ला सिमा क्षेत्रको अवैध स्पेयर पाट्सको आयात ह्वात्तै बढेको छ । नेपालको मुख्य नाका मध्येको काकरभिट्टा क्षेत्रबाट अवैध रुपमा गाडीका पार्टस् भित्रिने गरेको स्रोतले जनाएको छ । यसबाट राज्यलाई ठुलो रकम राजस्व नोक्सानी भइरहेको दैखिन्छ ।
सुरु–सुरुमा सिमाना आसपासमा मात्र यस्ता गतिविधि भएपनी हाल आएरा यस्तो अवैध आयात पशुपतीनगर , भद्रपुर एवं आसपासका सम्पुुर्ण क्षेत्र सस्म विस्तार भएको पाइएको छ । तर सम्बन्धित निकाय भने यस्ता किसिमका अवैध आयातलाई निरुत्साहित गर्ने कुनै ठोस पहल नगरेको पनी पाइएको छ ।
आधिकारीक रुपमा गाडीमा लाग्ने पार्टस् भित्राउँदा मुुल्य अभिवृद्घि कर सहित ४३ प्रतिसत सम्म राजस्व बुझउनुपर्ने हुन्छ । तर तो सामान अवैध तवरबाट भित्रयाउँदा सरकारलाई दैनीक लाखौ रुपैया राजस्व नोक्सान भैइरहेको छ ।
सम्बन्धित निकाय मौन बसिदिदाँ सो क्रम दिनानुदिन बढदै गएको स्रोतको दाबी छ । विर्तामोड क्षेत्रमा अटो पार्ट्स व्यवसाय गरी बसेका ग्यालेक्सी अटो प्रा.ली का सञ्चालक बेदान्त ठकुरी सम्बन्धित निकायले चासो नदिदाँ खपतको ५० प्रतिशत भन्दा बढी पार्ट्स अबैध रुपमा आयात भइरहेको बताउछन् ।
यस सम्बन्धमा सम्बन्धित निकायलाई बारम्बार जानकारी गराएपनी सम्बन्धित निकाय चुपलागेर बस्नु आश्चर्यको विषय भएको बुझिन्छ र यस बाट सरकारलाई दैनीक लाखौको नोक्सानी हुनु भनेको आखिर जनतालाईनै नोक्सानी भैइरहेको बुझिन्छ ।
बजारमा सबैभन्दा बढी माग भएको टाटाको जेनयुन पार्ट्सको नेपालका लागी आधीकारीक विक्रेता सिप्रदी अटोपार्ट्स प्रा.लि का वरिष्ठ माहाप्रवन्धक युवराज बुढाथोकी का अनुसार यस्ता खालका गतिविधि ले , व्यवसायी पनी विस्थापीत हुने सम्मको स्थीती सृञना हुन सक्नेगरी मारमा पर्नुका साथै ग्राहकहरुको हकमा भने त्यसरी भित्रियका पार्टसहरु सक्कलीभन्दा बढि नक्कलीनै पर्ने हुनाले प्रयोग कर्ता पनि मारमा परेको बताछन् ।
स्थानीय व्यवसायीका अनुसार गडी धनी स्वयंमले तथा केही व्यवसायीहरुलेनै सिमा पारीका व्यपारीलाई सम्पर्क गर्ने र एजेन्टको सहयोगमा विभिन्न किसिमका सामान सेटिङ्गमा ग्यारेज , पसल तथा घर सम्मै पनि खुलेआम ओसारपोसार हुने गरेको छ । यस्ता अवैध आयातले व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था आएको देखिन्छ ।
यस्तो किसिमको भयावह स्थिती आइसक्दा पनी सम्बन्धित निकायले नजर अन्दाज गर्नुले सो निकायको कार्यशैली प्रती समेत प्रश्न चिन्ह् खडा गरेको छ । साथै सस्तो मुल्यको लोभ सक्कली भनी नक्कली तथा कम गुणस्त्तर भएका पार्टस्को प्रयोग पनी व्यापक रुपमा बढ्दै गएको व्यवसायीहरु बताउछन् । यस सम्बन्धमा सम्बन्धित निकायले छिटो भन्दा छिटो ठोस कदम चाल्नुपर्ने र अवैध किसिमका आयातलाई पूर्णरुपमा बन्द गर्नुपर्ने दैखिएको छ । भविष्यमा यसता किसिमका क्रियाकलापलाई निरुत्साहित गर्न केन्द्र सरकार तथा सम्बन्धित निकायले यसमा विशेष ध्यान पुरयाउनु जरुरी देखिएको छ ।