समाचार

सेनाको सङ्गठनात्मक संरचनाबारे सचिव शर्माद्वारा जानकारी

१० माघ, काठमाडौं । रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्मालाई नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यलगायतका विषयमा औपचारिकरुपमा जानकारी गराइएको छ ।

उनको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामामा आयोजित कार्यक्रमा मुलुकको वर्तमान वस्तुस्थिति लगायतका विषयमा प्रस्तुतिकरणमार्फत जानकारी गराइएको हो ।

कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधि सहभागी रहको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग उनले भेट गरेका थिए ।