समाचार

नेपालमा हिन्दुराष्ट्रको माग केवल संबिधानमा दुई शब्द लेखाउनका लागिमात्र होईनः कमल थापा

११ माघ, काठमाडौं । राप्रपाका बरिष्ठ नेता एबम् पुर्व उपप्रधानमन्त्री कमल थापाले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने माग संबिधानमा दुई शब्द लेखाउनका लागिमात्र नभएको बताएका छन् । उनले ट्वीट गर्दै धर्मको नाममा राज्य संचालन गर्ने वा पुजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने बिषय होइन भनेका छन् ।
नेपालमा हिन्दु राष्ट् र राजसंस्थाको माग गर्दै वकालत गर्दै हिँडेका नेता थापाले हिन्दुराष्ट्र नेपाली पहिचान, राष्ट्रिय एकताको आधार तथा हाम्रो परिवार, समाज र राज्य व्यवस्थाको मेरुदण्ड हो भनेका छन् ।

कमल थापाको ट्वीटः नेपाल ‘हिन्दुराष्ट्र’ हुनुपर्छ भन्ने माग केवल संविधानमा दुई शब्द लेखाउने, धर्मको नाममा राज्य संचालन गर्ने वा पुजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने बिषय होइन। हिन्दुराष्ट्र नेपाली पहिचान, राष्ट्रिय एकताको आधार तथा हाम्रो परिवार, समाज र राज्य व्यवस्थाको मेरुदण्ड हो।