बाग्मती

धुलिखेल इको रिसोर्ट: सुलभ मूल्यमा आकर्षक प्याकेज

२३ माघ, काठमाडौं । के तपाई बिदा मनाउन, रमाइलो गर्न, पिकनिक, पारिवारिक वा अफिसियल नाइट स्टे जाने सोचमा हुनुहुन्छ रु यदि हुनुुहन्छ र धुलिखेलमा आकर्षक अफरहरु पाउनु हुनेछ । पर्यटकीय क्षेत्र धुलिखेलमा निकै राम्रा राम्रा होटल तथा रिसोर्टहरु छन् । महंगोदेखि सस्तो सम्मका धेरै छन् । धेरै रिसोर्टहरु मध्येको एक हो– धुलिखेल इको रिसोर्ट । यो रिसोर्टमा तपाईले सुलभ मूल्यमा आकर्षक प्याकेजहरु पाउनु हुनेछ ।

धुलिखेल इको रिसोर्टका म्यानेजर सन्दीप लुइँटेल मनोरञ्जनका लागि पुग्ने आन्तरिक पर्यटक भरपुर मनोरञ्जन गरेर फर्कने गरेको बताउँछन् । उनका अनुसार रिसोर्टले धुलिखेल साइड सिनदेखि जिलाइसम्मका प्याकेजहरु प्रस्तुत गर्नेछ ।

रिफ्रेसमेन्ट टूरका लागि मात्रै होइन बैठक, सेमिनार, तालिम गोष्ठी लगायतका लागि पनि धुलिखेल रोजाइको गन्तव्य बन्ने गरेको छ । कुनै कार्यालय, संघसंस्था तथा कोही समूह मिलेर समेत रिफ्रेसमेन्टका लागि धुलिखेल पुग्ने गरेका छन् । धुलिखेलमा बनेको जिपलाइनले पनि आन्तरिक पर्यटक तानेको छ ।
जोडीहरुका लागि आकर्षक प्याकेज उपलब्ध गराउने गरेको उनले बताए । इकोमा ३५ जान क्षमताको सेमिनार हल, ग्रुप रुम, इनडोर तथा आउटडोर गार्डेन, लाइभ बार्बिक्यूका साथै क्याम्पफायरको सेवा सुविधा समेत रहेको छ । खानामा थकाली खाना सेट, बँदेल, लोकल माछा, मटन कसौडी (लोकल खसी)लगायतका परिकारहरु उपलब्ध हुने उनले बताए । यदि तपाई धुलिखेल रिसोर्टमा जान चाहानुहुन्छ भने ९८६५५५४६३६ मा सम्पर्क गरेर रुम बुक गर्न सक्ने रिसोर्टले जनाएको छ ।