राजनीति

प्रचण्डलाई डा भट्टराईको ब्यंग्यः जबसम्म पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन

२४ माघ, काठमाडौं । पुर्व प्रधानमन्त्री एबम् संघीय समाजबादी दखलका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भन्दै आश्चार्य जनाएका छन् ।
डा भट्टराईले भनेका छन्, ‘भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन।’
उनले थपेका छन्, ‘MCC जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!’
डा भट्टराईले नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाललाई संकेत गर्दै उक्त व्यंग्य गरेका छन् ।
डा भट्टराईले भनेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। MCC जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!’