राजनीति

अध्यक्ष लिँदेनको कार्यकर्ताहरुलाई आह्वानः स्वागतयोग्य स्थानीय तहको निर्बाचनको तयारीमा जुट्नुस्

२५ माघ, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिँदेनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको स्वागत गरेका छन् ।
अध्यक्ष लिँदेनले ट्वीट गर्दै चुनाव घोृषाको स्वागत गर्दै उक्त स्थानीय तहको निर्बाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन् । देउवा सरकारले बैंसाख ३० गतेका लागि स्थामनीय तहको निर्बाचन गर्ने घोषणा गरेको छ भने निर्बाचन आयोगले उक्त निर्बाचन सम्पन्न गर्न आफू सक्षम रहेको बताएको अवस्थामा स्थानीय तहका निर्बाचन हुने लगभग निश्चित भएको अवस्थामा अध्यक्ष लिँदेनले सकारात्मक प्रतिकृयासहित नेता कार्यकर्तालाई निर्देशनात्मक आह्वानगरेका छन् ।


उनले ट्वीटमार्फत भनेका छन्, ‘ स्थानीय तहको आवधिक निर्वाचन आगामी बैशाख ३०गते गर्ने निर्णय स्वागत योग्य छ।
स्थानीय तहको निर्वाचन तयारीमा युद्ध स्तरमा जुट्न राप्रपाका सबै तहका नेता कार्यकर्ताहरुमा आह्वान गर्दछु।’