राजनीति

गगनको टिप्पणीः निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए, मुलुक निर्बाचनमय भयो

२५ माघ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन भनेका छन् ।
उनले ट्वी गर्दै वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप भएको बताउँदै वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप भएको बताएका छन् ।
महामन्त्री थापाले अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको दाबी पनि गरेका छन्।

महामन्त्री थापाकै शब्दमाः वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ। अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ–संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।