२५ माघ, काठमाडौं । राप्रपाका निबर्तमान अध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेका छन् ।
हेटौंडामा पत्रकार सम्मेलन गरेर राप्रपाबाट अलग्गीएको घोषणा गरेका राप्रपाका निबर्तमान अध्यक्ष थापाले ट्वीट गर्दै भनेका छन्, ‘अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’
पुर्व उपप्रधानमन्त्री समेत रहेका कमल थापाले पार्टी छाडेपनि नयाँ पार्टी खोल्ने वा नखोल्ने बताएका छैनन् । उनले नयाँ पार्टी खोल्ने अन्तिम तयारी अईसकेको र नाम घोषणा र दर्तामात्र बाँकी रहेको राप्रपाको उच्च नेतृत्वले दाबी गरेको छ ।
