राजनीति

शुसील कोईरालाले पार्टीमा र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका सधैं प्रेरणादायीः प्रधानमन्त्री

२६ माघ, काठमाडौँः नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्व प्रधानमन्त्री एबम् पुर्व सभापति शुसील कोईरालाको सातौं स्मृति दिवशको अवसरमा सम्झेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘पूर्वप्रधानमन्त्री,नेपाली कांग्रेसका तत्कालिन सभापति मेरा मित्र श्रदेय नेता सुशील कोइरालाजीको सातौं स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।’
प्रधानमन्त्री देउवाले तपाईंले पार्टीमा गरेको योगदान् र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका हाम्रा लागि सधैं प्रेरणादायी हुनेछभनेका छन् ।

प्रधानमन्त्री देउवाको ट्वीटः पूर्वप्रधानमन्त्री,नेपाली कांग्रेसका तत्कालिन सभापति मेरा मित्र श्रद्येय नेता सुशील कोइरालाजीको सातौं स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु। तपाईंले पार्टीमा गरेको योगदान् र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका हाम्रा लागि सधैं प्रेरणादायी हुनेछ।