२७ माघ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहालसंग भेट गरेका छन् ।
केहीदिन अगाडी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेका काँग्रेस बरिष्ठ नेतटा डा कोईरालाले पछिल्लो समय अध्यक्ष दहालसँग भेट गरेका हुन् ।
डा कोईराला र माओबादी अध्यक्ष दहालको भेटमा डा कोईरालाले काँग्रेसले निर्बाचनमा गठबन्धन नगर्ने बताएका थिए । पटक पटक निर्बाचनमा पनि गठबन्धन गरेर अगाडी बढ्न काँग्रेस सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवालाई सघाउन आग्रह गरेका भएपनि अध्यक्ष दहालको आग्रहलाई कुनै हालतमा आफूहरुले नमान्ने बताए ।
डा शेखर कोईरालाले एमसीसीको बिषयमा संसदमा पास गर्नेै वा नगर्ने निर्णय लिन आग्रह भने गरेका छन् । माओबादी अध्यक्ष पुष्पकमल दहालले प्रधानमन्त्री देउवासँग हस्ताक्षर गरेर एमसीसीलाई पास गर्ने भनि पत्र लेखेको भएपनि पछिल्लो समयमा माओबादी केन्द्रले एमसीसीको बिपक्षमा निर्णय लिएको अवस्था छ ।