प्रदेश 1

ओरेन्ज सिटी, सुन्दर धनकुटाः छिन्ताङ्ग देवी मन्दिरको अस्तित्व छुट्टै

बिसमता राई/ धनकुटा नेपालको प्रदेश नम्बर १ मा रहेको एक ऐतिहासिक ठाउँ हो । धनकुटालाई नेपालको पुर्वी भेगको एक सुन्दर नगर भनि परिचित गराउन सकिन्छ । यसको मुख्य बजार क्षेत्र हाल ओरेन्ज सिटीको नामले पनि चिनिन्छ । धनकुटा कोशी अञ्चलमा पर्दछ भने सुन्तले रङका घरहरुमा पोरिएका कारण यो क्षेत्रलाई ओरेन्ज सिटी भनिएको हो ।
उक्त जिल्लामा धनकुटा, पाख्रिबास, महालक्ष्मी नगरपालिका गरी ३ वटा नगरपालिका र सहिदभूमि, साँगुरीगढी, छथर जोरपाटि, चौविसे गरी ४ वटा गाउँपालिका रहेको छ । यसका सिमानामा सुनसरी, भोजपूर, तेह्रथुम, उदयपुर, संखुवासभा, मोरङ, पाँचथर जिल्ला रहेका छन् । धनकुटाका छिमेकी जिल्लाहरुसँगको सम्बन्ध एकदमै राम्रो रहेको छ ।
धनकुटाको एक छुट्टै विशेषता रहेको छ । यहाँ हावापानीको दृष्टिकोणले पनि एकदमै मानव अनुकुल रहेको छ । यहाँको भुभाग बेसी भागदेखि लेकसम्म फैलिएको छ । बेसी भागमा निकै गर्मि, मध्य भागमा मानव अनुकुूल र लेक भागमा निकै चिसो हुने गर्दछ । यस ठाउँको सम्पूर्ण भु-भागमा फरक फरक किसिमको हावापानी पाउन सकिन्छ र विभिन्न किसिमका बोटबिरुवा, माटो, फलफुल, तरकारी पाउन सकिन्छ ।बेसी भेगमा आँप, कटहर, लिच्ची, धान, मकै, आलु पाइन्छ भने मध्य भेगमा सुन्तला, नस्पाति, कागति, मकै, कोदो, अदुवा, गोलभेँडा, सागसब्जी आदि पाइन्छ र लेकाली भेगमा आलु, जौ, फापर, मकै, सागसब्जी इत्यादी बालीनालीहरु लगाइन्छ । साथै धेरैै प्रकारको रुखविरुवाहरु जस्तै ः उत्तिस, चिलाउने, कटुस, बास, टाँकी, सखुवा, बर, पिपल इत्यादी ।
धनकुटा प्रदेश नम्वर १ मा रहेको सम्पूुर्ण जिल्लाहरुमध्ये रमणिय स्थानहरु रहनुका साथै मठमन्दिर, गुम्बा, झरना, ताल, खोला, नदी बनजङ्गलले धनी रहेको छ । धनकुटाको छिन्ताङ्गमा अवस्थित छिन्ताङ्ग देवीको मन्दिरले छुट्टै अस्तित्व बोकेको छ र यस मन्दिरमा धेरै टाढा टाढाबाट पुजा पाठ गर्नका साथै भाकल गरी दर्शन गर्न आउने गर्छन् । छिन्ताङ्गलाई हत्याकाण्ड सहिदभूमि भनेर पनि चिन्नमा आउछ, यतिमात्र नभइ सहिदहरुको मुर्तिहरुलाई सजाएर व्यवस्थित ढंगले संरक्षण गरी राखिएको छ । अन्य मन्दिरहरु निशानथान, बक्रकुण्ड, पाथीभराले पनि आफ्नो छुट्टै विशेषता बोकेको पाइन्छ ।
धनकुटालाई पर्यटकीय स्थलको रुपमा पनि चिनिन्छ । विभिन्न स्थानहरुबाट भ्रमन गर्नका लागि मानिसहरुको भिड हुने गर्दछ साथै बनभोज खाने रमाइलो गर्ने गर्दछ । पर्यटकीय स्थानहरु नमस्ते झरना, चुलिबन, गुराँसे, हिलेको तुम्बाचोक भेडेटारमा अवस्थित ‘जिवलाइन भ्यू-टावर’, पाख्रीबासमा अवस्थित तालतलैया कृषि अनुसन्धान केन्द्र फर्म, इत्यादी रहेका छन् । यहाँ विभिन्न संघ संस्था, सहकारी, शैक्षिक केन्द्र, कार्यालयहरु आवद्ध रहेका छन् ।
धनकुटा सुन्तला एभोकाडोको प्रख्यात भनेर पनि मानिन्छ । अझ मुख्य गरी खोकु छिन्ताङ्ग सुन्तलाको लागि एसिया कै नम्वर १ को रुपमा प्रख्यात हुनुको साथै उक्त स्थानको सुन्तला एकदमै स्वदिलो र रसिलो रहेको छ । यहाँ विभिन्न जातजातिका मानिसहरु बसोबास गर्दै आइरहेका छन् । जस्तै : क्षेत्री, ब्राम्हण, राई, लिम्बू, नेवार, तामाङ्ग, दलित, माझी इत्यादी । यहाँका मानिसहरुले दशैं, तिहार, उँधौली–उँभौली जस्ता आ–आफ्नो रितिरिवाज, परम्परा र धर्म अनुसार चाडपर्व मनाउनुको साथै सबैले आ–आफ्नो संस्कृति अनुसारको भेषभुषा लाउने प्रचालनलाई बढी प्राथमिकता दिने गर्दछन् । यहाँका बासिन्दाहरु कृषि तथा आफ्नै पेशा व्यवसायमा व्यस्त छन् ।
बिशेषतः धनकुटामा अध्ययन गर्नका लागि पूर्वी भेगका विभिन्न ठाउँबाट विद्यार्थीहरु आउने गर्दछन् । कृषिको अलवा पर्यटन र शिक्षाबाट यहाँका स्थानिय बासिन्दाहरुलाई आफ्नो जीबन गुजार गर्न सहज हुनुका साथै आम्दानीको स्रोत भइरहेको छ । यहाँ विभिन्न क्षेत्रमा विद्यार्थीहरुको इच्छा र रोजाइ अनुसार अध्ययन गर्ने व्यवस्था रहेको पाइन्छ । जस्तै: एचए, एनम, सिएमए, विज्ञान, कम्प्यूटर विज्ञान, ब्यवस्थापन, आर्ट, शिक्षा, आइटी साथै पाख्रीबासमा सञ्चालित इन्जिनियर ओभरसियर लगायत उत्तरपानीमा सञ्चलित प्राविधिक कृषि शिक्षालय इत्यादी । अन्य शैक्षिक स्थानहरु धनकुटा बहुमुखी क्याम्पस, धनकुटा हेल्थ साइन्स, नेपाल टप गर्न सफल धनकुटा लिबर्टी कलेज जस्ता उत्कृष्ट शैक्षिक क्षेत्रहरु रहेको छन् ।
धनकुटा जिल्लालाई समग्रमा हेर्नुपर्दा पहिलेको अवस्था भन्दा अहिलेकोे अवस्थामा आकाश पातलको फरक देख्न सकिन्छ । प्रत्येक ठाउँहरुमा बाटो बत्ती, बिजुली, शिक्षा, स्वास्थ्य, सञ्चार जस्ता अन्य थुप्रै सेवा सुविधाहरु पुगेको छ साथै सरल र सहज तरिकाले उपलब्ध गराउन यहाँको स्थानीय, प्रदेश सरकारले निरन्तर कोशिस जारी गरिरहेको छ । धनकुटाको सिधुवाँ भन्ने ठाउँमा सिमेन्ट कारखानाले बषौँ देखि सिमेन्ट उत्पादन गर्दै आइरहेका हामी यहाँका स्थानिय बासिन्दाहरुबाट स्पष्ट थाहा पाउन सकिन्छ । विकास र विस्तारको दृष्टिकोणले पनि प्रसंशामय रहेको छ । धनकुटाले देशको इतिहास रचेको प्रत्यक्ष देख्न सकिन्छ ।
धनकुटाको सम्पुर्ण ठाउँहरुमा केन्द्र सरकारले विद्यालय, अस्पताल, पुल, पाटिपौवा, ठुलाठुला भवन ,गाउँ गाउँमा स्वास्थ चौकी, उपस्वास्थ चौकी व्यवस्थापनमा पनि पूर्ण ध्यान केन्द्रित गरिरहेको पाइन्छ । प्रत्येक विद्यालयहरुमा स्वास्थ्य, खानेपानी, किताब, विद्यर्थीहरुलाई छात्रवृतिको व्यवस्था गरिएको छ । साथै वृद्ध भत्ता, विधुवा भत्ता, दलितका ५ बर्ष मुनिका छोरा छोरीहरुलाई छुट्टै भत्ता दिने व्यवस्था रहेको पाइन्छ । विभिन्न किसिमका खोप, भिटामिन, सुई ,औषधीहरु अवश्यकता अनुसार निःशुल्क दिने व्यवस्था छ । धनकुटाका मानिसहरुमा प्रायजसो सम्पुर्ण नागारिक शिक्षित नै पाउन सकिन्छ । कुनै कुनै ठाउँहरुमा अझै पनि पूर्ण रुपमा शिक्षित नभएकै देख्न पाइन्छ । हिले देखि छिन्ताङ्ग सम्मको बाटो हालसालै पिच गर्न सुरुवात गरेको पाइन्छ । धनकुटाको प्रायः गरेर सम्पुर्ण ठाउँमा गाडीको बाटो पुगेता पनि पिच भने सबै ठाउँमा पुग्न सकेको छैन । अझै उत्कृष्ट ढंगले विकासका पूर्वाधारहरु आम जनता समक्ष पु¥याउन केन्द्र सरकारद्वारा पनि प्रयास जारी रहेको पाइन्छ ।
पुर्वको सुन्दर सहर धरानबाट नजिकै पर्ने धनकुटा कुनैबेला बिकास क्षेत्रीय संरचना हुँदा पुर्वको सदरमुकामको रुपमा रहेको थियो । पुवाञ्चलको मध्यभागमा पर्ने धनकुटा पुर्वाञ्चलको भेडेटारको सीमाना पर्दछ । प्रदेश नम्बर १ को भ्रमण गर्ने जोकोहीले पनि धनकुटा घुम्न आउँदा समय खेर नजाने पर्यटकहरुले बताउँने गरेका छन् ।