४ फागुन, काठमाडौं । संसदभवन अगाडी नयाँ बानेश्वरमा एमसीसीको बिरोधमा हजारौंको बिरोध भएको छ । नेपाली काँग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादीलगायतको गठबन्धन सरकारका मुख्य घटक माओबादी र समाजबादीको असहमतीकाबीच पनि टेबल हुने भनिएको एमसीसी को बिरोधमा जनता निस्किएपछि प्रधानमन्त्री र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालबीच गठबन्धन दलहरुबीच सहमती गरेरमात्र संसदमा टेबल गर्ने सहमती भएको छ ।
प्रधानमन्त्री देउवा र अध्यक्ष दहालबीचको छलफल भएपछि आज टेबल गर्ने भनिएको एमसीसी अनिश्चत कालका लागि सर्ने भएको छ । माओबादी केन्द्र, एकीकृत समाजबादीले एमसीसीको समर्थन गरेका छैनन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उक्त परियोजनाको बिपक्षमा मतदान गर्ने बताएको अवस्था थियो ।





