राजनीति

चिन र भारत दुवैलाई नचिढ्याई कुटनीतिक वार्ता गरेर एमसीसी पास गर्नुपर्छः अध्यक्ष थापा

७ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अमेरिकालाई बिच्काउनु पनि हुँदैन भनेका छन् ।
अध्यक्ष राजनीतिक नेतृत्वको अदुरदर्शिताको कारण नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दैछ भनेका छन् ।
उनले ट्वीट गर्दै अहिले विश्व महाशक्तिहरुको चेपुवामा नेपाल परेको टिप्पणी गरेका छन् ।
अध्यक्ष थापाले छिमेकी चिनलाई चिढाउनु हुँदैन भन्दै वै मुलुकलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयनको लागि कुटनीतिक पहल गर्न आग्रह रहेको बताएका छन् ।

अध्यक्ष थापाको ट्वीटः राजनीतिक नेतृत्वको अदुरदर्शिताको कारण नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दैछ। अहिले विश्व महाशक्तिहरुको चेपुवामा नेपाल परेको छ। छिमेकी चिनलाई चिढाउनु हुँदैन। अमेरिकालाई बिच्काउनु पनि हुँदैन।दुवै मुलुकलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयनको लागि कुटनीतिक पहल गर्न आग्रह छ