बाग्मती

काठमाडौँ ट्रिएनाः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सँग साझेदारी नवीकरण

१२ फागुन, काठमाडौं । काठमाडौँ ट्रिएनाले २०७७ चौथो संस्करण मिति २०७८ माघ २८ गते देखि चैत १७ सम्म आयोजना हुने भएको जानकारी दिन पाउँदा निकैै हर्षित छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को सक्रमणलाई मध्यनजर गर्दै आयोजक टिम, कलाकार, अवलोकन कर्ता र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दर्शकहरुको स्वास्थ्य तथा सुरक्षालाई ध्यान दिई सम्पूर्ण महोत्सवका सरोकारवालाहरु जस्तै साझेदार, कलाकार, सल्लाहकार र ब्यवस्थापन समुह आदि सँगको छलफल पश्चात मिति २०७७ पुषमा आयोजना हुने भनिएको ट्रिएनालेको नयाँ मिति निर्धारण गरिएको हो । काठमाडौँ ट्रिएनाले टोली आफ्नो उद्देश्य अनुरुप परियोजना सफलता पुर्वक संचालन गर्ने कुरामा पूर्ण विश्वस्त छ ।

काठमाडौं ट्रिएनाले २०७७ का सम्पूर्ण कार्यक्रमहरु भर्चुअल र भौतिक दुवै किसिम बाट उपस्थिति जनाउन सकिने गरी, हाइब्रिड तरिकाले सञ्चालन हुँदैछन । २०७८ माघ २८ गतेको भर्चुअल उद्घाटन मार्फत प्रारम्भ हुने काठमाडौँ ट्रिएनाले २०७७ प्रत्यक्ष सहभागिता का लागि फाल्गुन १७ बाट सुरु हुनेछ । भिन्न भिन्न विषयवस्तु समेट्नेगरी क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरु काठमाडौँका सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच स्थानहरुमा प्रदर्शित हुनेछन् ।

यस काठमाडौँ ट्रिएनाले २०७७ को आयोजना र संचालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २०७७ साल असोज २ गते आधिकारिक सम्झौता नवीकरण भएको जानकारी दिन पाउँदा सिद्धार्थ आर्ट्स फाउण्डेशन निकै हर्षित छ । नेपालको समकालीन कलाका साथै फाउण्डेशनका लागि समेत यो साझेदारी एक ऐतिहासिक उपलब्धि हो । यो साझेदारी नेपालको कला र संस्कृतिको विकास तथा प्रवद्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुवातको रुपमा हुनेछ । यो साझेदारी सिद्धार्थ आर्ट्स फाउण्डेशनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौँ अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट सुरू भएको महत्वपूर्ण कदम हो । अकल्पनीय विश्वव्यापी चुनौतीको सामना गर्नुपरेको यस अवस्थामा यो साझेदारी हाम्रो विविधतापूर्ण समाजको उत्थानका लागि संस्कृतिले खेलेको भूमिका प्रतिको आभारोक्ति हो । यसका साथै, यो साझेदारी अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिती विस्तार गर्ने सम्भावनाको प्रमाण पनि हो ।

यस सहकार्यका बारे निर्देशक संगीता थापा भन्छिन् – “नेपालका असंख्य कलात्मक प्रतिभा र कलाहरु प्रस्तुत गर्न र तिनलाई यस क्षेत्रभन्दा बाहिरका परिदृश्यमा संलग्न गर्न यस सम्झौताले थप अवसर प्रदान गर्ने छ । वस्तुगत, सुरक्षित र समावेशी ट्रिएनालेले नेपालको कला क्षेत्रमा दिगो तथा सकारात्मक प्रभाव पार्न सक्छ । यस्तो कार्यक्रम प्रस्तुत गर्नका लागि हामी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग फलदायी सहकारिताको अपेक्षा गर्दछौँ ।”

ट्रिएनालेको चौथौँ संस्करणको क्यरुेटोरियल टिममा निर्देशक हङकङस्थित पारा साइटका कला निर्देशक तथा क्यरुेटर रहनुभएका कस्मिन कोस्टिनास र सह–क्यरुेटरद्वय हितमान गुरूङ्ग र शीलाशा राजभण्डारी छन् । संस्थापक अध्यक्षका रुपमा संगीता थापा र कार्यक्रम निर्देशक शरारे बज्राचार्यले दिशानिर्देश गर्नुहुने ट्रिएनाले उपनिवेशवाद, प्रवास र विस्थापन, स्थानीय ज्ञान परम्परा र यूरोकेन्द्रित दृष्टिकोणबाट कलाको उन्मुक्तिका वरपर रही हुने विमर्शले निर्देशित हुनेछ । अनगिन्ती कलात्मक, सामाजिक तथा सामुहिक कथा र संकथनको मिलनबिन्दुका रुपमा रहेको यो गौरवपूर्ण कार्यक्रम नेपाल मात्र नभई विश्वका ४० भन्दा बढी देशका स्थानीय र सिमान्तकृत कलापरम्पराका कलाकृति प्रदर्शनको थलो समेत हो ।

काठमाडौँ ट्रिएनाले हंगकंगमा रहेको साझेदार संस्था पारा साइटको सहयोगमा आयोजना हुन लागेको हो। कार्यक्रमको प्रथम प्रदर्शनीका रुपमा सन् २०२०मा न्बचमभल या क्भबकयलक नामक प्रदर्शनी हंगकंगमा संचालन भइसकेको छ। यसका साथै यस कार्यक्रमको आयोजना हाम्रा प्रायोजक, सहयोगी तथा अन्य सहृदयीहरुको अत्यन्त महत्वपुर्ण सहयोगले सम्भव भएको हो।

यस काठमाडौँ ट्रिएनाले २०७७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउण्डेशनले संयुक्त रुपमा आयोजना गर्नेछ ।

यस काठमाडौँ ट्रिएनालेको बिषयमा तल उल्लेखित वेबसाइट तथा लिंकमा गई थप जानकारी लिन सक्नेछन् ।