बाग्मती

डेमोक्रेटिक लयर्स एशोसिएशन काठमाडौँको अध्यक्षमा पौडेल, उपाध्यक्षमा ऐर, सचिवमा दुलाल विजयी

१४ फागुन, काठमाडौं । प्रजातन्त्रवादी वकिलहरूको छाता सङ्गठन नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) काठमाडौँको अध्यक्षमा सुशीलराज पौडेल निर्वाचित भएका छन् ।

एशोसिएशनको आज सम्पन्न चौथो अधिवेशनमा अध्यक्षका उम्मेदवार पौडेलले ३५५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मनिराम उपाध्यायले २०१, जयन्तीकुमार ढकालले १७० र ध्रुवराज शर्मा पराजुलीले ८८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा सुरेन्द्रसिंह ऐरले ४४७, सचिवमा माधव दुलालले ४७५ र कोषाध्यक्षमा अमृता अर्यालले ४३९ मत ल्याई विजयी भएको संयोजक खरेलले बताए । सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । डिएलएको आज सम्पन्न निर्वाचनमा ८२४ मत खसेको थियो ।