१६ फागुन, काठमाडौं । नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सम्पुर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔं भन्दै सार्बजनिक आह्वान गरेका छन् ।
उनले ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं भन्दै उपर्युक्त आह्वान गरेका हुन् ।
माओबादी केन्द्रबाट शुरुदेखी नै एमसीसीको बिरोध गरिरहेका नेता श्रेष्ठले अन्ततः ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
नेता श्रेष्ठले आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् भन्ने टिप्पणी गरेका छन् ।
आईतबारको संसद बैठकको काँग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी दलसहित बहुमतबाट स्वीकृत भएको एमसीसीपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिरोध गरेको छ भने बिभिन्न पार्टी र नागरिक समाजका ब्यक्तीहरुले आआफ्नो तरिकाले टिप्पणीहरु गरेका बेला नेता श्रेष्ठको बिरोधको स्वरले निरन्तरता पाएको छ ।
नेता श्रेष्ठको आईतबार रातीको ट्वीटः अन्ततः ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे। आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पुर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं।
