आर्थिक

महालक्ष्मी विकास बैंकः पद तथा गोपनियताको सपथ

१६ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे यही फाल्गुन १३ गते सम्पन्न भएको बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएको र सोहि दिन बसेको संचालक समितीको.५१८.औं बैठकले राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज मिति २०७८ साल फाल्गुन १६ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक बिशेष समारोह बीच राजेश उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराए । साथै सोहि मितिमा बसेको सञ्चालक समितिको ५१९ औ बैठकबाट सञ्चालक पदमा संजय गिरी, दिपक कुमार रौनीयार, श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ गराए ।