१७ फागुन, काठमाडौं । राप्रपा नेपालले संगठन बिस्तारलाई तिब्रता दिएको छ । पछिल्लो समय विभिन्न जिल्ला समितिहरु धमाधम गठन भईरहेका छन् । यो क्रममा आज पार्टीको सुर्खेत जिल्ला अध्यक्षमा जीवन चन्द र रसुवा जिल्ला अध्यक्षमा टीका प्रसाद देबकोटालाई पार्टीले जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।
जनबर्गिए संगठन केन्द्रिय समिती घोषणा सभाको तयारी पनि अन्तिम चरणमा पुगेको राप्रपा नेपालका नेता राजाराम बर्तौलाले जानकारी दिए । केही दिन भित्रै विद्यार्थी, युबक र महिला संगठनको घोषणा सभा तयारी भएको बर्तौलाले बताए।