राजनीति

अमेरीकाले प्रधानमन्त्री देउवालाई फोन गरेर भन्यो, ’अब एमसीसी कार्यान्वयनको दीशातर्फ उन्मुख छ’

१८ फागुन, काठमाडौं । अमेरीकाले एमसीसी पास गरेकोमा नेपालको संघीय संसदप्रति खुशी ब्यक्त गरेको छ । अमेरीकी मिदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिज्ञप्ती प्रकाशन गर्दै संघीय संसदबाट पास भएको एमसीसी अब कार्यान्वयनको दीशातर्फ उन्मुख भएको उल्लेख गरेका छन् ।
यही फागुन १५ गते नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, एकीकृत समाजबादीलगायतका दलहरुको समर्थनमा बहुमतबाट बास भएको एमसीसीको समर्थन गर्दै अमेरीकाले कार्यान्वयनको दीशातर्फ अगाडी बढेको बताएको हो ।
अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरेर धन्यबाद दिँदै अब एमसीसी कार्यान्वयनको दीशातर्फ अगाडी बढेको र त्यसका लागि अमेरीका र नेपाल संगै मिलेर अगाडी बढ्ने बताएका छन् ।
एमसीसी पास भएकोमा नेपालका लागि अमेरीकी राजदूताबासले खुशी ब्यक्त गर्दै धन्यबाद दिएको केहीदिनमा पुनः एमसीसीका प्रमुखसमेत रहेका ब्लिन्केनले प्रधानमन्त्रीलाई फोन गर्ने र औपचारिक रुपमा एमसीसीको बिषयमा सकारात्मक चासो लिने कार्य गरेका छन् ।
अमेरीका र नेपालको ७५ बर्ष पुरानो कुटनीतिक सम्बन्ध एमसीसी पास भएपछि थप प्रगाढ भएको दुई देशका पछिल्ला गतिबिधिले देखाएका छन् । ५० करोड बराबरको अनुदान सम्झौता नेपालले पाउने अब पक्का भएको छ ।
एमसीसी पास गर्दा ब्याख्यात्मक सम्झौता भएकोले अमेरीकाले त्यसलाई नमान्ने हो कि भन्ने भ्रम रहेको भएपनि अब कार्यान्वयनको दीशातर्फ उन्मुख रहेको पुष्टी भएको छ ।