आर्थिक

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

१८ फागुन, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१औ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औ शाखा कार्यालय स्थापना गरी आज फागुन १८ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

Social Media Banking, Internet Banking, Mobile Banking, Sms Banking जस्ता विभिन्न Digitalमाध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यस संगै १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।