राजनीति

यूक्रेन रसियाको मामलामा सरकारको निर्णयले आसंका जन्माएको छः डा भट्टराई

१९ फागुन, काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले असंलग्नता, अहस्तक्षेप, समानता, भू–भाग कसैका विरुद्ध प्रयोग हुन नदिने, शान्तिपूर्ण विश्व व्यवस्था तथा मित्रता हाम्रो विदेशनीतिका आधारहरू हुन भनेका छन् ।
उनले उल्लेखित मान्यताहरूमा बिचलन देखापर्नु विदेशनीतिको असफलता हो, यूक्रेन रसियाको मामलामा सरकारको निर्णयले आसंका जन्माएको छ छिटो अन्त्य गरियोस भनेका छन् ।
नेकपा एमालेका परराष्ट्रबिदसमेत रहेका उनले रसिया र युक्रेनबीचको युद्धमा नेपालले खेलेको भूमिकाका बिषयमा असन्तुष्टी पोखेका हुन् ।

उनको ट्वीटः असंलग्नता, अहस्तक्षेप, समानता, भूभाग कसैका विरुद्ध प्रयोग हुन नदिने, शान्तिपूर्ण विश्व व्यवस्था तथा मित्रता हाम्रो विदेशनीतिका आधारहरू हुन । उल्लेखित मान्यताहरूमा बिचलन देखापर्नु विदेशनीतिको असफलता हो । यूक्रेन रसियाको मामलामा सरकारको निर्णयले आसंका जन्माएको छ छिटो अन्त्य गरियोस।