राजनीति

स्वतन्त्र मुलुकमाथिको आक्रमण विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैनः प्रदिप पौडेल

१९ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य नहुने बताएका छन् ।

रुस र युक्रेनबीच भइरहेको युद्धको विषयमा सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो टिप्पणी गरेका हुन् । यस्तै, उनले युद्धले समाधान दिन नसक्ने भन्दै स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी दवाव सिर्जना गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्,‘रूसले युक्रेनमाथि गरेको आक्रमणको विश्वव्यापी निन्दा भइरहेको छ,स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन । युद्धले सामाधान दिन सक्दैन स्वतन्त्र राष्ट्रको अस्तित्व कायमगर्न विश्व व्यापी दवाव सिर्जना गरौं ।’