बाग्मती

जीवन बस्नेतको अध्यक्षतामा बन्यो ११ सदस्यीय पूर्वाधार पत्रकार समाज

२० फागुन, काठमाडौँ । नेपाल पूर्वाधार पत्रकार समाज गठन भएको छ । जीवन बस्नेतको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । उपाध्यक्षमा सुनिता कार्की, सचिवमा हिमाल लम्साल, सहसचिवमा हिमा विक, कोषाध्यक्षमा दिनेश खड्का रहेका छन् । त्यस्तै, सदस्यहरुमा क्रमशः बिमल खतिवडा, विनय बन्जरा, दिपेन्द्र थापा, निर्दोष घोरासाइने, प्रशन्न ढुङगाना, संचिता घिमिरे रहेका छन्।
संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौमा दर्ता गरिएको छ । पूर्वाधार र विकास निर्माणका क्षेत्रमा क्रियाशील पत्रकारहरुलाइ संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने मुख्य उदेश्य राखेर संस्था दर्ता गरिएको हो । ‘पूर्वाधार क्षेत्रका सरोकारवाला, अनुभवी विज्ञ र अग्रजबाट सिक्ने र नयाँ र सिकारुहरुको दक्षता अभिवृद्धि गर्ने मञ्चको रुपमा संस्थालाई अघि बढाउने उदेश्य हो,’ नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष बस्नेतले भने,’ विकास निर्माणका विभिन्न क्षेत्रहरु छन्, त्यससँग जोडिने विभिन्न पक्षसँग जानकारमार्फत पत्रकार साथीहरुको क्षमता अभिवृद्धि गर्ने प्रयत्न गरिनेछ ।’