२२ फागुन, काठमाडौं । नेकपा एमालेका सल्लाहकार एबम् पुर्व उपप्रधानमन्त्री भीम रावलले प्रधानन्याधीश चोलेन्द्र विरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो ? भन्दै प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै कसरी बुझ्ने ? संसद अवरोध के भयो त अब ? भन्ने प्रश्नहरु थप्दै नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने भनेका छन् ।
आज प्रधानन्यायधीशको महाअभियोगको बिषयमा सिफारिस समिति गठन भएउको अवस्थामा नेता रावलको प्रतिकृया आएको छ ।
नेता रावलको ट्वीटः नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्रधानन्याधीश चोलेन्द्र विरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो ? कसरी बुझ्ने ? संसद अवरोध के भयो त अब ?
