२८ फागुन, तनहुँ । प्रगतिशील नेपाली लेखक सङ्घ तनहुँको अध्यक्षमा कल्पना पौडेल चयन भएका छन् । सङ्घको दमौलीमा सम्पन्न चौथो सम्मेलनले पौडेललाई सर्वसम्मतरूपमा चयन गरेको छ । सङ्घको अन्य पदहरू पनि सर्वसम्मत चयन भएको छ । नवगठित सङ्घको उपाध्यक्षमा विनोदकुमार विक विश्वास, सचिवमा हरि कार्की, सहसचिवमा जीवन सागर, कोषाध्यक्षमा लक्ष्मी सिग्देल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा सरिता श्रेष्ठ, देव गजमेर, दीपक खाती, गोपाल गहतराज, बाबुराम सापकोटा र नारायणकैलाश सिग्देल चयन भएका छन् । सम्मेलनको प्रगतिशील लेखक सङ्घ नेपालका सल्लाहकार डा कृष्णराज अधिकारी उद्घाटन गरेका थिए। सो अवसरमा अधिकारीले नेपालले जुनसुकै विचार, पार्टी, समूहमा आवद्ध भए पनि गलत कुरालाई गलत हो भने र प्रश्न उठाउन सक्ने हिम्मत लेखकमा हुनुपर्ने बताए।