२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मोहन आचार्यले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका सबै स्थानमा सञ्चार र प्रविधिको विस्तार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई आगामी निर्वाचनका क्रममा सबै मतदान केन्द्रमा सूचना प्रविधिको पहुँच पु¥याउनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । जिल्लाका महत्वपूर्ण स्थानमा फ्रि वाइफाईको व्यवस्था मिलाउन प्राधिकरणलाई आग्रह गर्दै उहाँले ग्रामीण भेगका बासिन्दामा टेलिफोन सेवाको पहुँच पु¥याउन जोड दिए ।
रसुवाको उत्तरगया गाउँपालिकामा आज आयोजित दूरसञ्चार सेवाको विकास र विस्तारसम्बन्धी कार्याशालामा रसुवा जिल्लाका सांसद आचार्यले सूचना प्रविधिको प्रयोगसँगै जोखिम पनि बढ्दै गएकाले व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइवर अपराध न्यूनीकरण तथा रोकथाममा समेत सजग भएर अगाडि बढ्नुपर्छ भने ।
सूचना प्रविधिको प्रयोग गरी आम नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्न स्थानीय निकायले आफ्नो ध्यान केन्द्रित गर्न जरुरी रहेको उल्लेख गर्दै उनले रसुवामा मोबाइल सेवाको गुणस्तर वृद्विका लागि स्थानीय बासिन्दाको आवश्यकतानुसार टावरको थप विस्तार गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच सर्वसाधारणमा पु¥याउन प्राधिकरण क्रियाशील रहेको बताए । सूचना प्रविधिको प्रयोगलाई व्यापक र विस्तार गर्न प्राधिकरणले ग्रामीण क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा र आइटी ल्याब स्थापनामा सघाइरहेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्रधिकरणका निर्देशक दिपेश आचार्यले दूरसञ्चार सेवा तथा सुविधा सर्वसुलभ र भरपर्दो बनाउँदै सबैको पहुँच पु¥याउन प्राधिकरण लागिपरेको दाबी गरे।