स्वास्थ्य

६५ जनामा कोरोना सङ्क्रमित


२९ फागुन, काठमाण्डौ । नेपालमा थप ६५ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ३०६ जनाको पिसीआर परीक्षण गर्दा ५९ जना र एक हजार ६४१ एन्टिजेन परीक्षणमा छ जना गरी कूल ६५ मा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप १९२ सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६१ हजार ७० रहेको छ । कोरोना निको भएको दर ९८.३ प्रतिशत रहेको छ । यस अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको चार हजार ९१७ रहेको छ ।