३ चैत, कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले रङले भरिएको पर्व होली (फागुपूर्णिमा) ले सांस्कृति सम्बन्ध प्रगाढ पार्न उमङ्ग थप्ने बताएका छन ।
फागुपूर्णिमा (होली) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वका अवसरमा कर्णालीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन ।
प्रदेश प्रमुख परियारले होली विविधतापूर्ण संस्कृतिले भरिपूर्ण नेपालको एक महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसले हिन्दू धर्मावलम्बीले पहिचान र मौलिकता बचाउँदै आएको बताए । उनले सन्देशमा भनेका छन, “वसन्त ऋतुको आगमनसँगै एक–आपसमा मेलमिलाप र सद्भावको सन्देश बोकेर आएको होली पर्वले हामीलाई मनोरञ्जन मात्र दिने होइन, मौलिक संस्कृति संरक्षण गर्नुका साथै समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न योगदान पु¥याउने विश्वास लिएको छु ।”