९ चैत, पोखरा । नेपाली सेनाका नक्कली क्याप्टेन सैनिक वर्दीसहित पोखराबाट पक्राउ परेका छन्। सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट फ्रेस हाउस चलाउने अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई पक्राउ गरेको छ।
नेपाली सेनाको नक्कली क्याप्टेन बनेका ओखलढुङ्गा मानेभञ्ज्याङ गाउपालिका वडा नं. ५ घर भई पोखरा महानगरपालिका वडा नं.१० अम्मरसिंहचोक बस्ने वर्ष ३८ को अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई प्रहरीले सैनिक वर्दीसहित प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पाँच वर्ष नेपाली सेनामा सिपाही पदमा जागीर खाएर छाडेका परियारले आफू शान्ति मिशनका क्रममा बिदेशमा कार्यरत नेपाली सेनाको क्याप्टेन रहेको दाबी गर्दै फेसबुक मार्फत आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान रहेको बताएर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप मा अदालतबाट ७ दिनको म्याद थप गरिअनुसन्धान अगाडी बढाएको पत्रकार सम्मेलन गरेर कास्की जिल्ला प्रहरी प्रमुख एसपी रमेस थापाले बताए ।