बाग्मती

‘वनकरियाको माग राज्यले पूरा गर्न सक्छ’


११ चैत, हेटौँडा । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मकवानपुरमा मात्र रहेको वनकरिया समुदायको माग राज्यले पूरा गर्न सक्ने बताएका छन ।

वनकरिया समुदायमा प्रदेश सुशासन केन्द्रले आयोजना गरेको स्थानीय तहहरुका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति तालिममा उनले वनकरियाको गाँस, बास र कपासको जिम्मा राज्यको रहेको र त्यसमा पनि अति लोपोन्मुख जातिका रूपमा रहेको यस समुदायको माग सम्बोधन गर्नुपर्ने प्रमुख शर्माको भनाइ छ ।