आर्थिक

प्रभु लाइफ इन्स्योरेन्समा संचालक समितिका अध्यक्षमा अमात्यको नियुक्ति

१६ चैत, काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्स लि. को आज बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गनुृ भएका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।
यस अघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेल आज देखिनै लागु हुने गरी व्यक्तिगत कारणले राजिनामा दिएका छन् । २०७४ मंसिर २८ गतेबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा/उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।